नियम ६
पदपूर्तिको माग गर्ने व्यवस्था
(१) नेपाली सेनाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको सात दिन भित्र सम्बन्धित कार्यालयले अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्य दर्जाको हकमा सैनिक संगठन निर्देशनालयमा पदपूर्तिका लागि पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पदपूर्ति गर्ने सूचना प्राप्त भएको पन्ध्र दिन भित्र रिक्त पद बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भए बढुवा समितिको बैठक राख्नु पर्ने र खुल्लाद्वारा पदपूर्ति गर्नु पर्ने भए भर्ना छनौटमा लेखी पठाउनु पर्नेछ । तर बढुवा समितिको बैठक बस्ने समय भई नसकेको अवस्थामा आउने पहिलो बैठकमा पेश गर्न बाधा पर्ने छैन ।
(२क) उपनियम [२) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रमुख सेनानी र महासेनानी दर्जामा हुने बढुवाको हकमा बढुवा समितिले प्रत्येक वर्षको एक पटक चैत्र महित्तामा वार्षिक बढुवा वैठक बसी सो वर्षमा रिक्त, हुन आउने पदमा सम्बन्धित समूहबाट मर्यादाक्रम अनुसार बढुवा गर्नको लागि तामसहितको सिफारिस सूची तयार गर्नेछन र त्यसरी सिफारिस सूचीमा भएको अधिकृतहरुलाई पद रिक्त भए पछि वढुवा समितिको सिफारिस सूचीको मयांदाक्रम अनुसार सम्वन्धित समूहबाट बढुवाको लागि सम्बन्धित निकाय समक्ष सिफारिस गर्नेछ ।
तर बार्षिक वढुवा बैठकको सिफारिस सूचीमा बढुबाको लागि नाम समाबेश भएको सैनिक व्यक्ति त्यस्तो सूचीमा सिफारिस भएपछि बढ्बा नियुक्तिको लागि सिफारिस गर्नु अघि कुनै कसुरमा अदालतबाट कसुरदार ठहर भएमा निजलाई बढुवा समितिले बढुवाको लागि सिफारिस गर्नै छैन ।
(३) खुल्ला प्रतिस्पर्धाद्वारा गरिने पदपूर्ति कार्यतालिकामा निर्धारण गरे बमोजिम हुनेछ ।